काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
उनले शुक्रबार नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।
‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ,ु देउवाले भने, ुसंविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो, फेरि डेंगी आइरहेको छ । सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-