पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रहने भएको छ ।
बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए पछि उनीहरुले एमाले हटाएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिएका छन् भने त्यसमा नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरिएको छ । ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पु¥याइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-