काठमाडौं । निकै लामो कसरतपछि नेकपा (माओवादी केन्द्र) ले शनिबार पार्टी पदाधिकारी टुंगो लगाएको छ । चर्चामा रहेका पुन र शर्मालाई पछि पार्दै पार्टीको महासचिवमा देव गुरुङ चयन भएका छन् । आज बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।
माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ।
यस्ता छन् माओवादीका पदाधिकारीहरु अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महर महासचिवमा देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल
सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
यसैगरी कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-