काठमाडौँ । संसदको अबरोध नहटेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको बताए । उनका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।
जसअनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-