काठमाडौं । आजैमात्र संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । सोमबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । उनको सपथ भोलि हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-