काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण ठहर भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सोमबार पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आफूहरुले विद्रोह नगरेको भए तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान, संघीयता र संसद समाप्त गरिसक्ने दाबी गरे ।
उनले भने, ‘यति मात्र होइन, हाम्रो विचार समूहमा रहेका पार्टीका नेता कार्यकर्तामाथि चरम दमन गर्नुहुन्थ्यो ।’
प्रतिक्रिया लेख्नुहोस्:-