काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशको नामकरण पहिचानको आधारमा भए समाजको द्वन्द्व हटाउन सकिने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्वः प्रदीप गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको उल्लेख गर्दै थापाले कोसी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए।
पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व। गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाको भनाइ छ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-