काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएर पदवहाली गर्ने क्रममा न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताए।
३१औं प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए।
आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फछ्र्योटमा ध्यान दिने बताए।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-