काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा कुनै गल्ती नगरेको प्रष्टीकरण दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले विहीबार एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताए ।
‘अस्ति एउटा पुलिसको अफिसर बोलेको देखेको थिएँ मेरै नाम लिएर’ अहिले फोहोरी हावा बगेको भन्दै उनले भने, ‘हिजो मेरो मातहतमा बसेर काम गरेको हो । उसलाई राम्ररी थाहा छ, म कुनै भ्रष्टाचारमा संलग्न हुन्न, नराम्रो काम गर्दिन भन्ने देखेको छ, तर आज कसका लागि मेराविरुद्ध बकवास गरेर हिँड्छ ? ’
‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’
यत्रो भ्रष्टाचार र तस्करीको काण्डहरु भएका बेला पनि एमालेले गर्यो भनेर भ्रम छरिएको उनले बताए । अब पनि केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो भनेर प्रचार गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-