काठमाडौं । नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो।
नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि बिहीबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजरले भत्काइदिएको हो । संरचना हटाए र नहटाएको अवलोकन गर्न बिहान कम्प्लेक्स अवलोकनमा पुगेका मेयर शाह र कम्प्लेक्सका निर्देशक द्धिरा शर्माबीच भवनको नक्साको विषयलाई लिएरसँग चर्काचर्की परेको थियो ।
नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-