काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेटवार्ता गरेका छन्।
राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच शुक्रबार शितल निवासमा कुराकानी भएको हो।
गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-