काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।
उनले शुक्रबारपार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकार सहितको संघीयता पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेश निर्वाचनमा चुनावी तालमेल गरिएको बताए ।
उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै ‘नोट अफ डिसेन्ट’ लेखेको पनि उल्लेख गरे । उनीहरुसँग मिल्छ ।’
अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पारे । आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै उनले यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको पनि बताए ।
‘हामी सुशासनका लागि राम्रोसँग काम गरेर जानुपर्छ र गलत ढंगले त्यस्ता तत्वहरुलाई साथ दिनु हुँदैन भन्छौं । त्यहाँ हाम्रो थोरै अन्तर्विरोध पनि छन् । अन्तर भएकोले हामी अलग पार्टी हौं । तर मूलभूत मुद्दाचाहिँ फेरि त्यहाँनिर मिल्छ । कांग्रेस र एमालेसँग मिल्दैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-