काठमाडौं । पछिल्ला केही दिनदेखि निकै आक्रामक रुपमा अघि बढेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएका छन् ।
सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो।
महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ। हिजो मात्रै मेयर आफैं गएर अल्फाबिटाको अनधिकृत संरचना हटाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-