काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताएका हुन् ।
‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-