काठमाडौं । निर्वाचन भएको धेरै लामो समयपछि प्रतिनिधिसभाका विभिन्न १० वटा विषयगत समिति सभापतिमा सांसदहरूले आज उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिमा गठबन्धन र प्रतिपक्षी दलहरूबीच भागबन्डा भएको थियो।
नेकपा एमालेले पाएको लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रकी विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन्।
दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन्।
त्यस्तै जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-