काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न मिलेमतो भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राखेका छन् ।
ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए ।
‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने रु विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-