काठमाडौं । सरकारले भ्रष्टाचारको फाइल खोल्दै जाने प्रधानमन्त्रीको भनाई लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु चिया बगानको छानबिन गर्न चुनौती दिएका छन्।
उनले सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वाइडबडी, ओम्नी लगायतका छानबिन गरे सरकार आफैं जेल जानुपर्ने पनि बताए।
‘यति होल्डिङ्स भने। गर न त छानबिन हामी भनिरहेका छौं। त्यसबेलादेखि अहिलेसम्म हामी भनिरहेका छौं। के कराइराख्यारु वाइडबडी गर न त छानबिन। अनि जाऊ जेलमा आफैं,’ ओलीले भने, ‘वाइडबडीको छानबिन गर आफैं जेल जाऊ। अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागोरे भाग छ।’उनले ललिता निवास प्रकरणमा अहिले भागाभाग चलिरहेको पनि बताए।
प्रतिक्रिया लेख्नुहोस्:-