काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण आफ्नो पार्टीलाई स्वीकार्य नहुने उद्घोष गरेका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै यो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रहसमेत गरेका थिए ।
‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याइएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’
प्रतिक्रिया लेख्नुहोस्:-