काठमाडौं । नेपाली कांग्रेसका नेता डा. आफ्नो शेखर कोइरालाले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
नेता कोइरालाले शुक्रबार तनहुँको दमौलीस्थित बिपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा यस्ता आक्रमणलाई परास्त गर्न सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।’ उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ कांग्रेसको गढ हो, चिन्ता लिनुपर्ने अवस्था छैन, तर नेतृत्वले एकढिक्का बनाउन जोड दिनुपर्ने उनको भनाइ थियो।
आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-