काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताएकी छन् ।
उनले आइतबार समिति सभापतिमा निर्वाचित भएपछि बसेको कृषि समितिको पहिलो बैठकमा सांसदहरुले बाँदर र बँदेलले किसानलाई दुखः दिएको विषय उठाएका थिए ।
नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले जनावरले क्षेति पुर्याउने समस्या विकराल हुँदै गएको बताए । समितिको बैठकपछि अनौपचाकि छलफलमा सांसद शाहीले निरन्तर बाँदर र बँदेलको संख्या बढिरहेको उल्लेख गर्दै यस सम्बन्धमा राज्य गम्भीर बन्नुपर्ने अवस्था रहेको भनी समितिमा विषय प्रवेश गराएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-