काठमाडौं । आइतबार सेयरबजारमा उच्च गिरावट आएको छ । आज शेयर २९.८१ अंकले घटेको हो ।
आइतबार नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सोल्टी होटलको सर्वाधिक ३ करोड ८८ लाखको कारोबार भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-