काठमाडौं । अनधिकृत संरचना हटाउने कामपछि काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई कर तिर्न ताकेता गरेको छ । महानगरले ७ दिनको म्याद दिएर पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको कर तिर्न भनेको हो ।
महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।
‘आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ’, पत्रमा भनिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-