काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जान नहुने बताएका छन् ।
उनले सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताए ।
उनले भने, ‘चुच्चे नक्सा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरूले पारित गरेर गरेको चुच्चे नक्सा चाइनाको आधिकारिक नक्साबाट हटाइसकेपछि प्रधानमन्त्रीले त्यो नक्सा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रिपरिषद् र संसद्ले निर्णय गरेको चुच्चे नक्सा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-