काठमाडौं । कोशी प्रदेशको सरकार गठनविरुद्धको रिट आजसुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।
हिजो सपना मल्ल प्रधान र सुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रवार सुनुवाइ तोकिएकामा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैँले कारण देखाऊ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि आइतबार ‘हेर्न नमिल्ने’ मा राखिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-