काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।
सोमबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दुई देशले एक अर्काको प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलनअनुसार पाण्डेलाई सुशाभित गरेकी हुन् ।
पाण्डे आइतबार नेपाल आइपुगेका हुन् । सोमबार दिउँसोमात्र नेपाली सेनाले जङ्गी अड्डामा पाण्डेलाई गार्ड अफ अनर दिएको थियो ।
पाण्डे भदौ २३ गते स्वदेश फर्कन कार्यक्रम रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-