काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा आफ्नो पार्टीको पूर्ण रूपमा समर्थन रहने बताएका छन् ।
संघीय सांसद समेत रहेका थापाले मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।
“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ”, महामन्त्री थापाले भने, “जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैँ मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।”
प्रतिक्रिया लेख्नुहोस्:-