काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार नगरेको टिप्पणी गरेका बताएका छन्।
उनले आज काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, बिस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-