काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफू माओवादी केन्द्रमा नजाने स्पष्ट पारेका छन् । उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेका हुन् ।
‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु। म माओवादी केन्द्रमा जान सक्दिन,’ उनले भने, ‘किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए। राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन्।’
प्रतिक्रिया लेख्नुहोस्:-