काठमाडौं । पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा आउने बताएका छन्। मन्त्री साउदले बुधबार संखुवासभाको तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।
किमाथांका नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए। किमाथांका नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ।
यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’ मा राखिएको मन्त्री साउदले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-