काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिर गएर श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरे ।
राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशमशेर राणा, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-