काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । अदालतले प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-