अमेरिका ८ सेक्टेम्वर
प्रतिस्पर्धात्मक खेलमा आयोजक बङ्गलादेशलाई हराउँदै नेपालले साफ च्याम्पियन सिप फुटबलको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । नेपालले बङ्गलादेशलाई २ –० गोल अन्तरले हरायो । यो सँगै साफ च्याम्पियनसिपको बलियो दाबेदारको रूपमा नेपाल उभिएको छ । शनिवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बङ्गलादेशलाई दबाबमा राख्दै जित निकालेको हो ।
यस अघि भएको खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित निकाल्नै पर्ने दबाब थियो । बङ्गलादेशलाई बराबरी भए पुग्थ्यो ।
गोलको पहिलो खाता विमल घर्ती मगरले खोले । ३३ औँ मिनेटमा पहिलो गोल गर्दै विमलले नेपाललाई अग्रता दिलाए । करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बङ्गलादेशको गोलरक्षकको हातमै परेर पनि गोलमा परिणत भयो । ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि साफ च्याम्पियन सिप फुटबलको सेमिफाइनल प्रवेश नेपालका लागि सुनिश्ति भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-