काठमाडौ । सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शुक्रबार अपराह्न प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आफूले सपथ लिएलगत्तै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री पनि शपथ लिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-