काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले शुक्रबार प्रदीप गिरि मेमोरियल लाहानले गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
साथै लाहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे ।
‘उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै आफ्नै मौलिक दृष्टिकोण थियो’, गिरिलाई सम्झँदै प्रचण्डले भने ‘राज्यले आतङ्ककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक समस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहीअनुसार देउवासँग भेट गराउनुभयो ।’
प्रतिक्रिया लेख्नुहोस्:-