काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार २५।४६ अंकले घटेर बन्द भएको छ । आज १० अर्ब १२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मानुसी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस दिन कारोबार आएका कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया लेख्नुहोस्:-