दूरबिन नेपाल, न्युयोर्क
नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत न्युयोर्कको लङआईलेण्ड शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७ औं जन्मदिनको अवसरमा नेजस अमेरिका लङआईल्याण्ड च्याप्टरद्धारा आयोजित रक्तदान कार्यक्रममा ८० रक्तदाताले रगत दान गरेको नेपाली जनसम्पर्क समिति अमेरिका, लङआईलेण्ड शाखाका सभापति विश्वराज वास्तोलाले जनाएका छन ।
रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्ट, नेता वेद खरेल, नेजस अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, महासचिव मुनिन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि एनआरएनए क्षेत्रीय संयोजक संजिव श्रेष्ठ, न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, पत्रकार अनिल अधिकारी, शेर्पा किदुंगका अध्यक्ष उर्गेन शेर्पा, धादिंग नेपाली समाजका अध्यक्ष दिवाकर पांडे, अधिवक्ताद्वय वासु फूलारा र शिव खनाल कांग्रेस नेता अन्जान चौलागाई, पंडित पिपलमणि सिग्देल सहितका महानुभावहरुको उपश्थिती रहेको थियो ।
कार्यक्रम सफल पार्न सहयोग र प्रोत्साहन गर्ने विश्व रक्तदाता अर्जुन प्रसाद मैनाली स्वयंसेवीहरु, लंगआईलेण्ड नेपाली समाजका पूर्व अध्यक्ष टिका ढकाल, दुर्गेस कार्की एवं समाजका उपाध्यक्षद्वय वसन्त चापागाई र राजन गौली, महासचिव अमित सिंह, सचिव वावुराम शर्मा, नरेंद्र सुवेदी सहितका व्यक्तिहरुप्रति आयोजकले आभार व्यक्त गरेका छन । रक्तदान कार्यक्रममा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टरका महासचिव विनिता भूजेल, कार्यक्रम संयोजक विदुर साप्कोटा सहितका सदस्यहरुले सहयोगी भुमिका निभाएका थिए । त्यसैगरि रक्तदान कार्यक्रममा वेस्टरवे टाउनका प्रतिनिधि ह्यारी मलहोत्रापनि सहभागी भएका थिए ।
वेष्टर बे टाउनद्धारा सेप्टेम्बर ६, २०२० लाई विश्वराज बास्तोला दिवस मनाउने
नेपाली जनसम्पर्क समिति, अमेरिका, लङआइलेण्ड शाखाका सभापति विश्वराज बास्तोलालाई सम्मान गर्दै वेष्टर बे टाउनले सेप्टेम्बर ६, २०२० लाई विश्वराज बास्तोला दिवस मनाउने घोषणा गरेको छ । सामाजिक अभियन्ता बास्तोलाका परिवारका पांचैजना रक्तदाता छन । सेप्टेम्बर ६ का दिन नेजस लङआईलेण्डले आयोजना गरेको रक्तदान कार्यक्रममै पुगेर वेष्टर बे टाउनका मेयरका प्रतिनिधिले बास्तोलालाई सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गत फेव्रुअरीमा पनि बास्तोलालाई न्युयोर्क राज्यका विधानसभा सदस्य माईकल मन्टेसानोले सामाजिक अगुवा र मानव अधिकार रक्षकको रुपमा सम्मान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-