काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा गहिरो शोक ब्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।
बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो (भदौ २३ गते) निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-