काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-