काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले जथाभावी गर्न थालेकोले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य रहेका उनले शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको उल्लेख गरे । उनले कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको बताए । यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए ।
वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरे ।नेता कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको र नेता–कार्यकताले यसलाई अन्त्य गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-