काठमाडौं । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कूटनीतिज्ञहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार भ्रमणका विषयमा पूर्व राजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञ लगायतसँग छलफल गरेका हुन् ।
छलफलमा प्रचण्डले भ्रमणका क्रममा उठाउनुपर्ने एजेन्डामा सुझाव लिएका हुन् । उनले आजै बिहान संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षसहितका नेतासँग छलफल गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-