काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका छन्। उनले सोमबार समाजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
‘भोलि सुदूरपश्चिममा सभा गरेपछि मोर्चाको सातवटै प्रदेशमा कार्यक्रम सकिन्छ। त्यसपछि कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। ‘ उनले भने। उनले समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको बताए। ‘हामीले नयाँ लडाइँ सुरु गर्दैछौं। हिंसावाला होइन। हतियार उठाउने पनि होइन। हामी हतियारविहीन युद्धको थालनी गर्दैछौं,’ उनले थपे।
उनले वर्षौं जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए। उनले हावाहुरीमा आएकाजस्ता पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-