काठमाडौं । सोमबार सेयर बजार मापक नेप्सेमा उच्च अंकले बृद्धि भएको छ ।
आज नेप्से ४४.३० अंकले बढेर १९८६।९९ को विन्दुमा पुगेको छ । सोमबार २७८ धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेचबाट एक अर्ब ५१ करोड ८३ लाख ४३ लाख ३९७ रुपैयाँको कारोबार भएको छ ।
१३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ ।
थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ कायम भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य ७.४३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-