स्यान्तारोजा ।
सेप्टेम्वर ११
हरितालिका एवं तीजको अवसरमा स्यान्तारोजा काष्टमण्डप लायन्स क्लवको आयोजनामा सोमवार एक कार्यक्रम सम्पन्न भएको छ । हिमालयन रेष्टुरेण्टमा भएको तीज भेटघाट र दर खाने कार्यक्रममा स्यान्तारोजा, नापा, सनोमा लगायत बे एरिया वरपरका उल्लेख्य रुपमा महिला तथा पुरुषहरु सहभागी भएका थिए ।
कार्यक्रममा उपस्थितहरुले तीजका गीतमा रमाइलोका साथ नाचगान गरेका थिए भने कार्यक्रममा लाइभ म्युजिकले थप रोनकता थपेको थियो । तीजको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
लायन्स क्लवका कार्यक्रम संयोजक रविसिंह बस्नेतले दिएको जानकारी अनुसार कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार एवं समाजसेवी नारायण सोमनामे, अध्यक्ष राजेन्द्र श्रेष्ठ, पीडिजि फलेस रोजर, जोन चेयर लीला बहादुर श्रेष्ठ, एवं कार्यक्रममा समाजसेवीहरु मनोज श्रेष्ठ, लीला केसी, प्रदीप पाण्डे, मनोज ठगुन्ना, प्रकाशहरि पन्थी, भगवती केसी, रीना जोशी प्रधान, छवी भट्राई, बुद्द महर्जन, डेविट पाण्डे,चिरन्जीवि नेपाल,जोनी, दीपक तिमल्सिना, भक्त तिमल्सिना,जनार्दन भट्ट, संजीता थावा, सुरज माली, केशरी श्रेष्ठ, सावित्री लामा, शान्ति ढुंगेल, सुबत्रा गजुरेल, प्रमिला रायमाझी, सागर थापा, प्रिति सुवाल,सजिव भट्ट, सानुभाई गुरुगं,सुधा तिमल्सिना, प्रज्ञा बस्नेत लगायतको उपस्थिति रहेको थियो
प्रतिक्रिया लेख्नुहोस्:-