काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मन्दी आउनुमा व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्त्तिएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको‘नाडा अटो सो २०२३’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री महतले खर्च बढाउनु पर्ने अहिलेको अवस्था भएको बताएका हुन् ।
‘अर्थतन्त्रमा पैसा नभएको होइन त्यो केबल चलिरहेको छैन । त्यो घुम्न जरुरी छ । सबैलाई नराम्रो भन्छन सबैलाई खराब छ भन्छन् । हामीले सकारातम रुपमा हेर्नुपर्ने अवस्था आएको छ । निजी क्षेत्र नै अर्थतन्त्रको बहाक हो’, डा. महतले भने, ‘ निजी क्षेत्रको भूमिकालई उच्च महत्त्वका साथ लिएका छौं । अर्थतन्त्त्रमा समस्या देखिए पनि अहिले सुधार हुँदै गएको छ । पर्यटन, सेयरमार्केट , अटोमोबाएरईल र कित्ताकाटमा समस्या थिए । अहिले त्यो सुधार हुँदै गएको छ ।’
त्यस्तै, अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धूर्व थापाले कर्जा वर्गकरणलाई सरकारले सुधर्नुपर्ने सुझाए । उनले अन्तराष्ट्रिय प्रदर्शन केन्द्र मसेत नभएको भन्दै सरकारलाई अन्तराट्रिय प्रदर्शन केन्द्र स्थापना लगि अपिल गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-