काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानसभा अध्यक्ष स्वः सुवासचन्द्र नेम्वाङले दृढता लिएकै कारण दोस्रो संविधानसभाबाट संविधान जारी भएको बताएका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले नेम्वाङले त्यस वेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उल्लेख गरे।
०६२(६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर साझा व्यक्तिको रूपमा स्थापित भएको थापाले बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-