काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो–२०२३ सुरु भएको छ। अटो शोको अर्थमन्त्री डा. प्रकाशशरण महतले समुद्घाटन गरेका हुन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरु भएको बताए। गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा ईभी एक्स्पो मात्रै गरिएको उनले बताए।
थापाले आयातमा आधारित अटो व्यवसाय उत्पादनमा आधारित भइरहेको बताए। उनले दुईपांग्रेसँगै चारपांग्रे, इन्जिन आयल, ब्याट्री र पार्टस् उत्पादन भइरहेको पनि उनले उल्लेख गरे ।
उनले सरकारले विद्युतीय गाडीमा आफ्नै नीति विपरित हरेक वर्ष कर बढाउने गरेको छ। उनले सरकारलाई हायरप्रचेज कर्जा सहज बनाउन आग्रह गरेका छन्।
अटो शोका सभापति अनुप बरालले दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको बताए। ६ दिनसम्म अटो शो चल्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-