काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय बोर्ड गठन गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा टिकट वितरण लगायतका प्रयोजनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले बोर्ड गठन गरेका हुन् ।
लिङ्देन नेतृत्वको बोर्डमा पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा पदेन सदस्य रहेका छन् । यस्तै सदस्यहरुमा चन्द्र बहादुर गुरुङ, गीताभक्त जोशी, जयन्तनाथ खनाल, कान्ता भट्टराई, राजु बस्नेत, केदार न्यौपाने र बबिना मोक्तान लावती रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट बोर्डले गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-