काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन्।
उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार आजसम्म नपाएको कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक र नीतिगत कारणले रोकिएको दाबी गरे।
प्रतिक्रिया लेख्नुहोस्:-