काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आगामी महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
महाविधेशनको लवागि कमिटी अद्यावधिक तथा निर्माण र सदस्यता नविकरण एवम् वितरणका लागि पार्टी कमिटीलाई निर्देशन गरेका छन् ।
असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसङ्गठनका कन्द्रीय कमिटीरसमितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यतारसङ्गठित पार्टी सदस्यता नवीकरण एवम् नयाँ सदस्यता वितरण र असोजमा सञ्चालन गरिने मेची(महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउने, असोज महिनाभर केन्द्रीय कमिटीको छैठौँ बैठकले निर्णय गरे अनुसारको मेची(महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्नुका साथै असोज १ गतेदेखि लिएर मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यतारसङ्गठित पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्न भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-