काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संघले आजीवन सदस्यद्वय डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत साउन २२ गते डेंगी रोगको लक्षण भएका एक जना बिरामी उपचारका लागि सन्चो अस्पताल हेटौँडा पुगेको र उनलाई थप उपचारका लागि २३ गते चितवनको सुविधासम्पन्न अस्पतालमा प्रेषण गरिएको भन्दै संघले श्रावण २५ गते उपचारका क्रममा बिरामीको असामयिक निधन भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पतालका कार्यरत रहेकै अवस्थामा चिकित्सकद्वय डा। थापा र बिडारीमाथि ज्यानै मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाइएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-